Sunday, March 17, 2013

बालकृष्ण ढुंगेलद्वारा बालुवाटार कब्जा !

 
168काठमाडौं, चैत ४ – हत्या अभियोगमा जन्मकैद सजाय पाएका पूर्वसभासद् बालकृष्ण ढुंगेल समर्थकले प्रधानमन्त्री निवास बालुवाटार अगाडि अढाई महिनादेखि प्रदर्शन गर्दै आएको ‘अकुपाई वालुवाटार’ को धर्नास्थल आइतबार कब्जा गरेका छन् ।
महिला हिंसाविरुद्ध अभियान सञ्चालन गर्दै आएको ‘अकुपाई वालुवाटार’ समूह बालुवाटार पुग्नु अडागाडि नै ‘जनअधिकार जनमञ्च’ को ब्यानरमा ढुंगेल एमाओवादी नेता कार्यकर्ता बालुवाटार पुगेका थिए । उनीहरुले बालकृष्णलाई कारबाही गर्नुपर्ने माग गर्दै टाँसेका पोस्टर, पर्चा च्यातेका छन् ।अकुपाई वालुवाटारको धर्नास्थल कब्जाको केही समयपछि दर्ुइपक्षबीच तनाव समेत उत्पन्न भएको थियो। दोहोरो नाराबाजी र भनाभनमा दुवै पक्ष उत्रिएपछि प्रहरीले ‘अकुपाई वालुवाटार’ को समूहलाई नियन्त्रणमा लिएको थियो ।
ढुंगेल समर्थकले बोकेको ब्यानरमा ढुंगेलले लालसलाम गरेको तस्वीर अंकित थियो र त्यसमा जनताका प्यारा नेता बालकृष्ण ढुंगेलको रक्षा गरौं लेखिएको थियो । यसअघि अभियन्ताहरुले ढुंगेललाई कारबाहीको माग गर्दै आएका थिए ।
यसैबीच, अकुपाई बालुवाटार अभियान चलाउँदै आएका अधिकारकर्मीहरुले चाँहि आफूहरुमाथि वाइसीएलले हस्तक्षेप गरेको र ब्यानरसमेत च्यातिदिएको गुनासो गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि अकुपाई बालुवाटर अभियान चलाइरहेका अधिकारकर्मीलाई वाइसिएलले हस्तक्षेप गरेको भन्दै उनीहरुले यसको विरोधमा प्रदर्शनमा उत्रने बताएका छन् । आफुहरुले बोकेको तुल र ब्यानर समेत वाईसिएलले च्यातिदिएको अधिकारकर्मीको आरोप छ ।

http://www.onlinegreatway.com/2013/03/17/58003.html

No comments:

Post a Comment