Friday, March 15, 2013

बालकृष्णविरुद्ध भएको प्रदर्शन रोक्न एमाओवादीको माग


२ चैत, काठमाडौं । पूर्व सभासद बालकृष्ण ढुंगेललाई हत्यारा भन्दै मानवअधिकारवादी संघ-संस्था र आकुपाई बालुवाटारले प्रदर्शन गरेको भन्दै एकीकृत नेकपा माओवादीले आपत्ति जनाएको छ ।
नेवाः राज्य समिति संयोजक देवेन्द्र पौडेल सुनिल र किराँत राज्य समिति संयोजक लीलबहादुर थापाले विज्ञप्ती जारी गरि जनविरोधी क्रियाकलाप भएको भन्दै तुरुन्त रोक्न माग गर्नु भएको छ । ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’को गठनबारे सहमति भइसकेको अवस्थामा द्वन्द्वकालका कतिपय राजनीतिक घटनाहरूलाई व्यक्ति विशेषमा केन्दि्रत गरी आरोपित गर्दै निचतापूर्ण हरकत गर्ने प्रयत्न गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘मुलुकमा बन्दै गएको आमसहमति, संविधानसभाको निर्वाचनको वातावरणलाई समेत उल्टाउने वदनियतपूर्ण यो कसरतले वास्तवमा देशलाई अराजकता तिर लैजाने बाहेक कसैलाई फाइदा पुग्दैन’ विज्ञप्तिमा भनिएको छ-’जनताको न्याय, समानता, संघीयता र जनताको संविधान निर्माणको अधिकारलाई कुल्चने धृष्टताबाहेक यो अरु हुनै सक्दैन ।’ राजनीतिक मुद्दालाई राजनीतिक रुपले समाधान गर्न तयार रहेको भन्दै एमाओवादीले यस्ता कार्य तत्काल नरोके कदम चाल्ने चेतावनी दिएको छ ।
http://www.onlinekhabar.com/2013/03/51295/

No comments:

Post a Comment