Friday, March 22, 2013

प्रेस विज्ञप्ति

९ चैत्र २०६९

भूतपुर्व प्रधानमन्त्रि एवम् एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ द्वारा हालै एक पे्रस विज्ञप्ति मार्फत सर्वोच्च अदालतले दोषी ठहर गरी आजिवन जन्मकैदको सजाय पाएका वालकृष्ण ढुंगेलको वचाउ गर्दै मानव अधिकार तथा नागरिक आन्दोलनकर्मीहरुबाट शान्ति विरोधी गतिविधि गरेको भनि उल्लेख गरिएको प्रति जवाफदेहिता निगरानी समिति तथा आम मानव अधिकार समुदायलाई आक्रोशित तुल्याएको छ ।

एउटा जिम्मेवार राजनैतिक दलको प्रमुख एवम् देशको प्रधानमन्त्री भैसकेको व्यक्तिबाट न्यायलयले दोषी ठहर गरि सकेको व्यक्तिलाई वचाउ गर्नु तथा नागरिक अधिकारकर्मीहरुको क्रियाकलापलाई सडकको नाच भन्नुले न्याय प्राप्तिको लागि संघर्षशिल नागरिक अधिकारकर्मीहरु लगायत द्वन्द्वपीडितहरु समेतको अपहेलना भएको छ । कानूनको शासनको लागि प्रतिवद्ध नागरिक अधिकारकर्मीहरुलाई लगाइएको यस प्रकारको लान्छनाले दण्डहिनतालाई झनै संस्थागत गर्न उद्त रहेको स्पष्ट हुन्छ । तसर्थ, जवाफदेहिता निगरानी समिति लगायत मानव अधिकार समुदाय यस प्रकारको लान्छनाहरुबाट विचलित नभई निरन्तर रुपमा कानूनको शासन तथा दण्डहिनताको विरुद्धमा आवाज बुलन्द गर्ने र गरिरहने स्पष्ट पार्न चाहन्छ । 


सुशील प्याकुरेल
अध्यक्ष

No comments:

Post a Comment